प्रचण्ड–नेपाल समूहको नेकपा नागरिक समाजसँग छलफलमा

बिहिबार, २३ पुष, २०७७
डिजिटल संस्करण

प्रचण्ड–नेपाल समूहको नेकपाले नागरिक समाजका अगुवाहरूसँग छलफल गरिरहेको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा छलफल चलिरहेको छ । 

यस छलफलमा प्रचण्ड–नेपाल समूहको नेकपाका अध्यक्ष माधवकुमार नेपाल उपस्थित छन् । त्यसैगरी नेता झलनाथ खनाल र  प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि उपस्थित रहेका छन् । 

छलफलमा नागरिक समाजका विभिन्न अगुवा व्यक्तिहरूले संसद् विघटनपछिको अवस्था र अबको निकासबारे आ–आफ्ना धारणा राखिरहेका छन् । 

छलफलमा कृष्ण पहाडी, नारायण वाग्ले, रमेश विष्ट, कपिल श्रेष्ठ, हरिहर दाहाल, दमननाथ ढुंगाना, दीपेन्द्रबहादुर क्षेत्री, लीलामणि पाैडेललगायतले धारणा राखेका छन् । 

उनीहरूले राजनीतिक स्थिरताविपरित संसद् विघटन भएको भन्दै यो असंवैधानिक भएको बताएका छन् ।

सुझावित समाचार