महन्थ ठाकुरको दाबी– उग्रराष्ट्रवादको नारामा देश फस्ने खतरा छ (भिडियोसहित)

मंगलबार, २१ पुष, २०७७
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले उग्रराष्ट्रवादको नारामा देश फस्ने खतरा रहेको दाबी गरेका छन् । जसपाले राजधानीमा मंगलबार गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक अन्तरक्रिया कार्यक्रममा उनले उग्रराष्ट्रवादको नाममा देशमा हिंसा र अशान्ति हुन सक्नेतर्फ सचेत गराए । 

ठाकुरले बहुमत हुँदाहुँदै पनि राजनीतिक स्थिरता दिन नसकेको नेकपा र नेकपाको सरकार असफल भएको बताए । 

सत्ताधारीहरूले आफ्नो अधिकार सुरक्षित राख्न मात्रै कदम उठाउने गरेको भन्दै ठाकुरले सरकारले अहिले चालेको असंवैधानिक कदम पनि आफूलाई सुरक्षित राख्न गरिएको दाबी गरे ।
 

सुझावित समाचार