प्रधानमन्त्रीको असंवैधानिक कदमले राष्ट्रियता कमजोर भयो : उपेन्द्र यादव

मंगलबार, २१ पुष, २०७७
डिजिटल संस्करण
प्रधानमन्त्रीको असंवैधानिक कदमले राष्ट्रियता कमजोर भयो : उपेन्द्र यादव

फाइल फाेटाे

जनता समाजवादी पार्टी (जसपा)का नेता उपेन्द्र यादवले प्रधानमन्त्रीको  असंवैधानिक र अलोकतान्त्रिक कदमले राष्ट्रियता कमजोर भएको बताएका छन् । 

उनले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कार्य भएकोले यसको खारेजीको माग गरेका छन् । 

आज जसपाले प्रधानमन्त्रीको कदममाथि अन्तर्क्रिया कार्यक्रम राखेको थियो। प्रधानमन्त्रीको कदमले थप अस्थिरता निम्त्याएको उनले बताए । 

उनले भने, ‘राष्ट्रियता कमजोर भएको छ । विदेशी शक्ति चलखेल गर्ने वातावरण बनेको छ । अहिलेको शासन व्यवस्था नै उल्टने हो कि भन्ने शंका उब्जिएको छ ।’ 
 

सुझावित समाचार