कञ्चनपुर गाेली प्रकरण : भारत सरकारसँग विरोध प्रकट गर्न थापाको माग

मंगलबार, २१ पुष, २०७७
डिजिटल संस्करण

राप्रपाका अध्यक्ष कमल थापाले सोमबार कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा गाेली प्रहार गरेकाे घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन्। 

थापाले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमा क्षेत्रमा एक नेपालीलाई गोली प्रहार गरी घाइते बनाएको घटनाप्रति घोर भर्त्सना गरेका छन् । उनले घटनाको छानबिन गर्न, भारत सरकारसँग विरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न माग  गरेका छन् । 

उनले सामाजिक सञ्जालमार्फत  भनेका छन्, ‘कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकास्थित नेपाल–भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार साँझ १६ वर्षीय नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भर्त्सना गर्दछु । घटनाको छानबिन गर्न, भारत सरकारसँग विरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न सरकारको ध्यान आकर्षित गर्दछु ।’

सोमबार साँझ भारतीय सुरक्षाकर्मीको गोली लागेर  दोधारा–चाँदनी– १ का अन्दाजी १६ वर्षीय नरेन्द्र लुहार घाइते भएका छन् । भारतीय वन क्षेत्र गठिगोठमा गएका बेवेला लुहारमाथि गोली प्रहार भएको थियो । घाइतेको महाकाली अस्पतालमा उपचार भइरहेको छ । 

कञ्चनपुरको दोधारा–चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भर्त्सना गर्दछु।घटनाको छानबिन गर्न, भारत सरकारसँग विरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न @kpsharmaoli @MofaNepal को ध्यान आकर्षित गर्दछु

— Kamal Thapa (@KTnepal) January 5, 2021

सुझावित समाचार