प्रधानमन्त्रीकाे ठाेकुवा- विघटित संसद् कुनै हालतमा पुनर्स्थापना हुँदैन (भिडियोसहित)

आइतबार, १९ पुष, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले विघटित संसद् पुनर्स्थापना नहुने आफ्नो अडान दोहोर्याएका छन् ।

आइतबार काठमाडौंमा आफूनिकट समूहको विद्यार्थी भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विघटित संसद् कुनै हालतमा पुनर्स्थापना नहुने ठाेकुवा गरेका हुन् । 

उनले कार्यकर्तासित आग्रह गर्दै भने, ‘विघटित संसद बौरिँदैन । संसद् विघटन भयोभयो, नयाँ चुनाव वैशाख १७ र २७ गते हुन्छहुन्छ । यस चुनावलाई टाल्न, पर सार्न वा अलमल्याउन कसैले सक्नेछैन ।’ उनले कतिपय व्यक्ति तथा शक्तिले चुनाव हुँदैन भनेर भ्रम फिँजाउन खोजेको आराेप लगाए । 

सुझावित समाचार