खेल्ने क्रममा ट्रयाक्टरको गियर चलाउँदा किचिएर बालकको मृत्यु

बुधबार, १५ पुष, २०७७
डिजिटल संस्करण

साथीहरूसँग खेल्ने क्रममा ट्रयाक्टरको गियर चलाउँदा मोरङको केराबारी गाउँपालिका– ६ बुद्धचोकमा तीन वर्षीय बालक पासाङ तामाङको मृत्यु भएको छ । 

मंगलबार दिउँसो जितेन तामाङको घरअगाडि पार्किङ गरेर राखेको आफ्नै ट्रयाक्टरमा साथीहरूसँग खेल्ने क्रममा गियर चलाउँदा ट्रयाक्टर आफैँ गुड्दा अगाडि खेलिरहेका बालक पासाङलाई किचेको थियो । 

घाइते बालकको उपचारका क्रममा धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

सुझावित समाचार