ट्रकको ठक्करबाट गुल्मीमा दुईजनाको ज्यान गयो

आइतबार, १२ पुष, २०७७
डिजिटल संस्करण

गुल्मीमा गएराति ट्रकको ठक्करबाट दुईजना पैदल यात्रीको ज्यान गएको छ । रेसुंगा नगरपालिका– १३ भगारीका २६ वर्षका टोपबहादुर रजाली र २३ वर्षका बालकृष्ण भुजेलको ट्रकको ठक्करबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए । 

उनीहरूलाई बुटवलबाट तम्घास आउँदै गरेको ना.५ख ३२०४ नम्बरको ट्रकले रेसुंगा नगरपालिका– १३ भगारीस्थित मसिने खोलामा  ठक्कर दिएको थियो । 

दुवैजनाको घटनास्थलमै ज्यान गएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घासमा राखिएको छ ।

सुझावित समाचार