नेकपा ओली पक्षधरले मनोनीत केन्द्रीय सदस्यलाई प्रशिक्षण दिने

बुधबार, ८ पुष, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षधरले पार्टी केन्द्रीय सदस्यमा मनोनीतहरूलाई प्रशिक्षण दिने भएको छ । संसद् विघटनसँगै पार्टी चोइटिएपछि नेकपा ओली पक्षधरले मंगलबार थप गरेका सदस्यहरूलाई प्रशिक्षण दिने कार्यक्रम तय गरेको हो ।

जसमा सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डेलाई प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य, गण्डककी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ र सीता पौडेल, बागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल, प्रदेश नम्बर ६ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल, जुलीकुमारी महतो र प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्बाहाङ्फे लाई प्रशिक्षकको जिम्मेवारी दिइएको छ । 

प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार विज्ञप्ति जारी गरी सो विषयमा जानकारी दिएका छन् । 

सुझावित समाचार