नेकपाका नेता माधवकुमार नेपालले विघटन भइसकेको नेकपा एमाले ब्युँताउने खेल भइरहेको भए पनि त्यो सम्भव नभएको बताएका छन् ।
नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पार्टी एकतासँगै एमाले विघटित भइसकेकाले अब त्यो ब्युँतिन नसक्ने उनले बताए ।
साथै उनले नेकपाको बहुमत सदस्यहरूको बैठक आफूहरूले आयोजना गरेको भएकाले बालुवाटारमा भएको भेला गुट भेला भएको बताए ।
बालुवाटारको भेला वैधानिक नभएको उनको भनाइ छ ।