सकियो ओली पक्षको बालुवाटार भेला : ओलीले भने– छिट्टै पार्टी कमिटीको बैठक राखेर निर्णय हुन्छ, तयारी अवस्थामा रहनुहोला

सोमबार, ६ पुष, २०७७
डिजिटल संस्करण

संसद् विघटनपछि नेकपाका अध्यक्ष ओली पक्षको बालुवाटारमा भएको भेला सकिएको छ । 

भेलामा प्रधानमन्त्रीले सम्बोधन गरेका थिए । उनले आफूले संसद् विघटन गर्नुपरेको अवस्था ब्रिफ गरेका थिए । 

साथै भेलामा नेकपाका ९३ जना विघटित संसदका सांसदहरू सहभागी रहेको नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले दाबी गरे । 

नेता बस्नेतले भेलामा गृहमन्त्री रामबहादुर थापा एकैक्षण मात्र उपस्थित भएर निस्केको दाबी गरे । 

त्यसैगरी उनले उपाध्यक्ष वामदेव गौतमले सांसद किसान श्रेष्ठमार्फत ‘म तपाईंकै पक्षमा हुन्छु’ भन्ने खबर पठाएको र उक्त जानकारी सांसद श्रेष्ठले भेलामा जानकारी गराएको दाबी गरे । 

त्यसैगरी प्रचण्ड–नेपाल समूहमा हस्ताक्षर गरेका छक्कबहादुर लामासहित पाँचजना सांसद उपस्थित रहेको ओली पक्षको दाबी छ । 

साथै बैठकमा प्रधानमन्त्री ओलीका अलावा लेखराज भट्ट र विष्णु पौडेल बोलेका थिए । आज सांसदहरूसँग दोहोराे संवाद भने भएन ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै निरुदेवी पालले भनिन्, ‘उहाँहरूले हामीलाई स्पष्ट निर्देशन दिनुभएको छ । जनतासँग बरु हामीले माफी मागौँला किन संसद् विघटन गऱ्याैँ भनेर, फेरि हामी नयाँ जनादेशमा जानुपर्छ भनेर उहाँले भन्नुभयो ।’

सुझावित समाचार