प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर मुलुकको सुरक्षा चुनौतीका विषयमा छलफल गरेका छन् । 

छलफलमा प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको सहभागिता थियो ।

यसैबीच प्रतिनिधिसभा विघटनपछि मुलुकमा उत्पन्न परिस्थितिका कारण शान्तिसुरक्षामा असर पर्न सक्ने निष्कर्षका साथ नेपाल प्रहरीले मातहतका कार्यालयलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ । नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले शान्तिसुरक्षालाई मजबुत बनाउन सुरक्षा सतर्कताका लागि निर्देशन दिइएको जानकारी दिए । 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि काठमाडौंलगायत मुलुकका विभिन्न क्षेत्रमा प्रदर्शन भएका छन् । 
 

सुझावित समाचार