संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध धनगढीमा प्रदर्शन भएको छ । ओली अध्यक्ष रहेको नेकपा सम्बद्ध युवाहरूले प्रधानमन्त्रीको कदमविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

अनेरास्ववियु र युवा संघ नेपालको अगुवाइमा भएको प्रदर्शनमा सहभागी युवाहरूले प्रधानमन्त्रीको विरोधमा नाराबाजी गरेका थिए । नेकपाको झण्डासहित प्रदर्शन गरेका युवाहरूले संसद् विघटनको सिफारिस तत्काल सच्याउन माग गरे ।
जनताले नेकपालाई पाँच वर्ष सरकार चलाउन दिएको म्यान्डेटविरुद्ध गएर प्रधानमन्त्रीले जनमतको अपमान गरेको अनेरास्ववियुका नेता रमेश भट्टराईले बताए । जनमतमाथि कुठाराघात भएको भन्दै उनले यो निर्णय तत्काल सच्याउन दबाब दिनका लागि प्रदर्शन गरिएको बताए ।