प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न उनको निजी निवास खुमलटार पुगेका छन् ।

केहि समयदेखि नेकपाभित्रको विवाद मत्थर पार्ने उद्देश्यले ओली त्यहाँ पुगेको स्रोतको दाबी छ । ब्रेकफास्ट मिटिङको नाम दिए पनि पार्टीभित्रको आन्तरिक किचलोको विषयमा छलफल हुने जनाइएको छ ।
पूर्ण सुरक्षाका साथ प्रधानमन्त्री ओली त्यहाँ पुगेका छन् । पार्टी महासचिव विष्णु पौडेल भने बिहानै प्रचण्डनिवास पुगिसकेका थिए ।