अध्यादेश जारी भएपछिको परिस्थितिबारे छलफल गर्न कांग्रेसको बैठक देउवा निवासमा

बुधबार, १ पुष, २०७७
डिजिटल संस्करण

पछिल्लो समय अकस्मात विकसित भएको राजनीतिक अवस्थाबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बसेको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक जारी रहेको हो ।

बैठकमा हिजो मंगलबार सरकारले जारी गरेको संवैधानिक परिषद्को बैठक सम्बन्धी अध्यादेशपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको जनाइएको छ । 

बैठक दिउँसो १ बजेदेखि शुरु भएको हो ।

अध्यादेश जारी भएपछि हिजो मंगलबार नै प्रतिक्रिया दिँदै सभापति देउवाले नयाँ व्यवस्था अनुसार डाकिने परिषद्को बैठकमा सहभागि नहुने जनाइसकेका छन् । तथापी आजको यस बैठकले औपचारिक निर्णय गर्ने सम्भावना रहेको छ । 

बैठकमा महामन्त्री डा. शशांक कोइराला र सहमहामन्त्री डा. प्रकाशशरण महत बाहेक अरु सबै सहभागि रहेका छन् ।

कोइराला र महत उपत्यकाबाहिरबाट काठमाडौं उपत्यका आउने क्रममा रहेकाले बैठकमा सहभागि नभएका हुन् ।

सुझावित समाचार