बझाङमा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । तल्कोट गाउँपालिका ३ को किरकिट्यामा बा ३ क ६०० नम्बरको टिपर दुर्घटना हुँदा मजदुरहरू मनोज गाह मगर र मनोज भट्टको मृत्यु भएको हो ।
उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालक भरत धामी, सहचालक गोविन्द विष्ट र मजदुर नेत्रबहादुर अधिकारी सामान्य भएका भएका छन् । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । टिपर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।