चीनको स्वशासित क्षेत्र तिब्बतस्थित ल्हासा नगरले काठमाडौं महानगरलाई दुईवटा कम्प्रेस्ड गारबेज ट्रक प्रदान गरेको छ । ल्हासाले एक करोड ९० लाख (१० लाख ६० हजार युआन) पर्ने ट्रक दिएको हो ।
ल्हासा नगरको अन्तर्राष्ट्रिय मामिलाका अधिकारीहरूले काठमाडौं महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयलाई १६ मंसिरमा ट्रक हस्तान्तरण गरेका थिए ।
काठमाडौं पुगेका एक सय ९० हर्ज पावरको इन्जिन भएका ट्रक आठ गेयरमा चल्छन् । यी ट्रक सात हजार दुई सय पाँच किलोग्राम फोहोर कम्प्रेस गरेर बोक्ने क्षमताका छन् ।
ट्रक प्राप्त गरेपछि मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगर र महानगरवासीको तर्फबाट ल्हासा नगर र त्यहाँका जनताप्रति आभार व्यक्त गरेका छन् ।