पर्यटनमन्त्री भट्टराईको दाबी– देशको भाग्य र भविष्य नेकपासँग जोडिएको छ, ५० वर्ष सरकार चलाउँछौँ

मंगलबार, १६ मंसिर, २०७७
डिजिटल संस्करण

नेकपा स्थायी कमिटी सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराईले  ५० वर्षसम्म नेकपाले सरकार चलाउने बताएका छन् । हुम्लाका नेता तथा कार्यकर्तासँग मंगलबार कुरा गर्दै उनले ५० वर्षसम्म चुनाव जितेर बहुमतको सरकार चलाउने दाबी गरेका हुन् ।

उनले भने, ‘नेकपा फुट्छ भन्ने हल्ला छ, नेकपा पार्टी फुट्दैन । फुटेर दुःख पाएर जुटेर आएको हो, ठूलो पार्टीमा धेरै नेता भएको पार्टी महत्वाकांक्षा हुन्छ, आकांक्षा हुन्छ, अन्तरविरोध हुन्छ । पार्टीभित्र भएका अन्तरविरोध व्यवस्थापन गर्छाैँ, सचिवालय र स्थायी कमिटीबाट समस्याको समाधान हुन्छ ।’ 

देशको भाग्य र भविष्य नेकपासँग जोडिएको उनको दाबी छ । नेकपाकाे सरकारले आमजनताको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका कार्यक्रम अगाडि बढाएको उनको भनाइ छ । 

हुम्लामा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएर अगाडि बढ्न उनले अनुरोध समेत गरे । उनले भने, ‘गुरुयोजना तयार गर्नुहोस्, सरकार सहयोग गर्न तयार छ ।’
 

सुझावित समाचार