बिओके क्यापिटलको लाभांश पारित

मंगलबार, ९ मंसिर, २०७७
डिजिटल संस्करण

बिओके क्यापिटल लिमिटेडको पाँचाैँ वार्षिक साधारणसभाले ४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा भएको साधारणसभाले ९४ लाख ५० हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले आव ०७६/७७ को वित्तीय विवरणहरू पारित गर्नुका साथै क्यापिटलले सामूहिक लगानी कोषको कोष व्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको जनाइएको छ ।

सुझावित समाचार