बेपत्ता बालिकाको शव बोरामा भेटियो

मंगलबार, ९ मंसिर, २०७७
डिजिटल संस्करण

आइतबार साँझ बर्दिबास– १४ सुगम बस्ती बस्ने सादिम आलमको बेपत्ता ६ वर्षीया छोरी गुलाव साह खातुनको शव फेला परेको छ ।   सोमबार मध्यरातमा उनको शव भेटिएको हो ।

हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा बर्दिबास– १४ सुगम बस्तीमै पर्ने सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चिम विकरु साहको घरपछाडिको विनोद साहको खाली जग्गामा बालिकाको शव भेटिएको हो ।

बालिकालाई हत्या गरी फालेको आरोपमा गौशाला– ५ का अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । घटना प्रकृति हेदा बालिकालाई बलात्कार गरी हत्या गरेको स्थानीयले बताएका छन् । यता प्रहरीले पोस्टमार्टमपछि मात्र केही भन्न सकिने बताएको छ ।

घरअगाडि खेलिरहेकै अवस्थामा उनी हराएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।  अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका अरुण साह सोही स्थानमा किराना पसल चलाउँछन् । शव अहिले सोही स्थलमा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीमा प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए ।  

खेल्दाखेल्दै ६ वर्षीया बालिका बेपत्ता

सुझावित समाचार