खेल्दाखेल्दै ६ वर्षीया बालिका बेपत्ता

सोमबार, ८ मंसिर, २०७७
डिजिटल संस्करण

आइतबार साँझ बर्दिबास– १४ सुगम बस्ती बस्ने सादिम आलमकी ६ वर्षीया छोरी बेपत्ता भएकी छिन् । घरअगाडि खेलिरहेकै अवस्थामा उनी हराएपछि परिवारले प्रहरीलाई खोजी गरिदिन आग्रह गरेको थियाे ।  आफन्त र प्रहरीले बालिकाको खोजबिन गरिरहे पनि बालिका फेला नपरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए । 

रातो स्विटर र गुलावी सुरुवाल लगाएकी बालिका गुलाव साह खातुनको घरअगाडि खेलिरहेकी थिइन् । एकाएक उनी गायव भएपछि परिवारले छरछिमेक तथा आफन्तको घरमा खोजी गरे । खोजी गर्दा नभेटेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।  

प्रवक्ता डिएसपी विष्टले अहिले नै केही भन्न नसकिने भन्दै बालिकाको खोजी तीव्र रूपमा भइरहेको र त्यसका लागि टोली नै परिचालन गरिएको बताए । 

सुझावित समाचार