सुनको मूल्यमा आज गिरावट आएको छ । कोरोना भाइरसविरुद्धकाे खोपले सफलता प्राप्त गरेका समाचार अन्तर्राष्ट्रिय रूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ ।
सोही कारण आज स्थानीय बजारमा समेत पहेँलो धातुको मूल्य प्रतितोला रु. सात सयले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु. ९४ हजार चार सयमा कारोबार भएको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु. ९५ हजार एक सयमा कारोबार भएको थियो । बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला सात सयले घटेको हो ।
त्यसैगरी तेजाबी सुन प्रतितोला रु. ९३ हजार नाै सयमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु. ९४ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै चाँदी भने प्रतितोला रु. एक हजार दुई सय १५ मा कारोबार भएको छ ।
बुधबार चाँदी प्रतितोला रु. एक हजार दुई सय ३० मा कारोबार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला रु. १५ ले घटेको हो ।