विवाहको भोज खाएका २९ जन्ती बिरामी

शनिबार, १५ कार्तिक, २०७७
डिजिटल संस्करण

विवाहको भोज खाएका बेदकोट नगरपालिका क्षेत्रका २९ जना जन्ती बिरामी भएका छन् । बेदकोट नगरपालिका– २ बसन्थला क्षेत्रका एक विवाहको भोजमा सहभागी भएका जन्ती बिरामी भएका हुन् । 

गएराति बिरामी भएका सबै जन्तीको महाकाली अस्पतालमा उपचार भइरहेको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर)ले बताए । उनका अनुसार सबै बिरामी खतरामुक्त छन् । फुडप्वाइजनका कारण जन्ती बिरामी भएका हुन् । 

उनका अनुसार एकजनाको भेन्टिलेटर र बाँकीको सामान्य वार्डमा उपचार भइरहेको छ । 
 

सुझावित समाचार