किराना पसलमा आगलागी हुँदा ४५ लाखबराबरको क्षति

शुक्रबार, १४ कार्तिक, २०७७
डिजिटल संस्करण

बर्दियाको मुधवन नगरपालिका– ८ कुसुम्बा बजारमा रहेको किराना पसलमा आगलागी हुँदा करिब ४५ लाखबराबरको क्षति भएको छ । कुसुम्बा बजारमा रहेको मोनिका किराना पसलमा गएराति ३ बजेतिर आगलागी हुँदा पसलका सामान र नगदसहित करिब ४५ लाखबराबरको नोक्सान भएको पसलका सञ्चालकले बताएका छन् । 

राति  आगलागी भएको हुनाले धेरै मालसामान जोगाउन नसकिएको स्थानीयले बताएका छन् । स्थानीयले आगलागी नियन्त्रणमा लिन नसकेपछि मधुवन नगरपालिका र गुलरिया नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

विद्युत् तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले  अनुमान गरेको छ । क्षतिको विस्तृत विवरण भने हालसम्म आइसकेको छैन । 

See More On

सुझावित समाचार