सिराहामा पेस्तोलसहित दुई पक्राउ

बिहिबार, १३ कार्तिक, २०७७
डिजिटल संस्करण

सिराहाको कर्जन्हा नगरपालिका– २ बन्दीपुरबाट कटुवा पेस्तोलसहित बिहीबार दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बन्दीपुर बजारमा स.७प २५५३ नम्बरको मोटरसाइकललाई चेक गर्ने क्रममा एक थान कटुवा पेस्तोल र एकथान गोली, ६ थान लागुऔषध नाइट्रोभेट ट्याब्लेटसहित २२ वर्षीय डिम्पल यादवलाई  बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

डिम्पल यादवले दिएको बयानका आधारमा अर्का २२ वर्षीय प्रेमनाथ यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

See More On

सुझावित समाचार