ग्लोबल आइएमईका ग्राहकले ल्यान्डमार्क होटेलमा छुट पाउने

मंगलबार, ४ कार्तिक, २०७७
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले ल्यान्डमार्क होटेल रिसोर्ट एन्ड स्पामा छुट पाउने भएका छन् । उनीहरूलाई होटेल, रिसोर्ट एवं स्पामा उपलब्ध विभिन्न सेवा तथा सुविधामा पाउने छुटसम्बन्धी सम्झौता भएको हो । 

सम्झौतापश्चात् ल्यान्डमार्क होटेल रिसोर्टको काठमाडाैं, पोखरा तथा चितवनमा रहेका होटेलबाट उपलब्ध सेवा तथा सुविधामा ग्लोबल आइएमई बैंकको डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड, मोबाइल बैंकिङ, इ–बैंकिङ तथा क्युआर कोड प्रणालीमार्फत भुक्तानी गर्दा बैैंकका ग्राहक तथा कर्मचारीहरूले छुट पाउने जनाइएको छ । सम्झौतामा बैंकको बजार तथा व्यवसाय प्रवद्र्ध्रन प्रमुख शान्ता सिवाकोटी र होटेलका उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका थिए । 

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले २ सय ५९ शाखा, २ सय ३४ एटिएम, ४३ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, २ सय २७ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि–सम्पर्क कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ । 

सुझावित समाचार