भक्तपुरका स्थानीय तहमा बेथिति : जनप्रतिनिधिको स्वास्थ्य बिमादेखि चाडपर्व खर्च पनि सरकारी कोषबाटै भुक्तानी
भक्तपुरका चारवटा नगरपालिकामा बेथिति उल्लेख गर्दै महालेखा परीक्षकको कार्यालयको ५७औँ वार्षिक प्रतिवेदनले प्रश्न उठाएको छ । भक्तपुर, चाँगुनारायण, मध्यपुरठिमी र सूर्यविनायक नगरपालिकामा आर्थिक वर्ष ०७५-७६ मा मात्र ३८ करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ । जनप्रतिनिधिले विधि मिचेर व्यक्तिगत स्वार्थबमोजिम सरकारी कोष दुरुपयोग गरेका छन् ।
अर्थतन्त्र संकटमा हुँदा दोस्रोपटक अर्थमन्त्रीमा पौडेल, बन्लान् संकटमोचक ?
१९ कात्तिक ०७२ मा विष्णु पौडेल पहिलोपटक अर्थमन्त्री हुँदा मुलुकको अर्थतन्त्र संकटपूर्ण अवस्थामा थियो । ०७२ वैशाखमा आएको विनाशकारी भूकम्प र असोजमा संविधान निर्माणपछि भारतले लगाएको नाकाबन्दीबाट अर्थतन्त्र शिथिल बनेको थियो । संयोग नै मान्नुपर्छ अहिले मुलुकको अर्थतन्त्र चरम संकटमा रहेकै वेला पौडेलले ओली सरकारकै अर्थमन्त्रीमा नियुक्ति पाएका छन् ।
गैरनाफामूलक कम्पनीको रूपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय
गैरनाफामूलक कम्पनीको रूपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गरिने भएको छ । गृह मन्त्रालयमा बसेको गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसहित दुई मन्त्रालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना संक्रमितको समेत परीक्षा लिन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले लोकसेवा आयोगलाई कोरोना संक्रमितको समेत परीक्षा लिन आदेश दिएको छ । बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले यस्तो आदेश दिएको हो । ‘सबै परीक्षार्थीलाई र परीक्षा लिने वा व्यवस्थापनमा संलग्न हुने व्यक्तिले सुरक्षित तरिकाले परीक्षा लिने र परीक्षा व्यवस्थापन गर्ने वातावरण निर्माण गर्नूृ–गराउनू तथा स्वघोषित संक्रमित व्यक्तिहरूलाई निजको गोपनीयता र आत्मसम्मानको संरक्षण गर्दै आवश्यक वैकल्पिक सुरक्षित व्यवस्थासहित परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्नू,’ आदेशमा भनिएको छ ।
मानवअधिकार आयोगद्वारा दुई सय ८६ जना मानवअधिकार उल्लंघनकर्ताको सूची सार्वजनिक
राष्ट्रिय मानवअधिकार आयोगले दुई सय ८६ जना मानव अधिकार उल्लंघनकर्ताको सूची सार्वजनिक गरेको छ । आयोग स्थापनाको २० वर्षको अवसरमा सिफारिस कार्यान्वयनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आयोगले त्यसमा दुई सय ८६ जनाको नाम पनि किटान गरेको छ । जसमा धेरैजसो सुरक्षाकर्मी तथा तत्कालीन नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरू छन् ।
प्रहरी र हतियारधारी समूहबीच ठाेरीमा झडप, चार पक्राउ
पर्साको ठोरी गाउँपालिकामा प्रहरी र हतियारधारी समूहबीच बुधबार राति झडप भएको छ । जंगलछेउको ओरिया खोलामा लागुऔषध तस्कर र प्रहरीबीच झडप भएको हो । तस्कर समूहले एक राउन्ड फायर गरेपछि प्रहरीले पनि दुई राउन्ड हवाई फायर गरेको इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक अशोक साहले जानकारी दिए ।
बहराइनका राजकुमारसहितको टोलीद्वारा मनास्लु हिमालको सफल आरोहण
बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खलिफासहितको टोलीले गोरखाको मनास्लु हिमाल आरोहण गरेको छ । बिहीबार बिहान ६ बजेर १० मिनेटमा मनास्लु हिमाल आरोहण सम्पन्न गरेको सेभेन समिट ट्रेक प्रालिका प्रबन्धक निर्देशन पासाङ फुर्बा शेर्पाले बताए ।
एक वर्षमा विश्वमा एक करोड क्षयरोगी थपिए, भारतमा मात्रै विश्वको एकचौथाइ क्षयरोगी
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले तयार पारेको विश्व टिबी रिपाेर्ट– ०२० अनुसार सन् ०१९ मा विश्वमा करिब एक करोड क्षयरोगी थपिएका छन् । त्यसमध्ये भारतमा मात्रै २६ लाख ४० हजार मानिसमा क्षयरोग देखिएको थियो । यहाँ प्रतिएक लाखमा एक सय ९३ जनामा (क्षयरोग) टिबी हुने अध्ययनले देखाएको छ ।
भारतीय प्रधानमन्त्री मोदीसँग कति छ सम्पत्ति ?
छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कति सम्पत्ति होला भन्ने जिज्ञासा भारतीय नागरिक मात्रै होइन, अन्य देशका सर्वसाधारणमा पनि हुन सक्छ । यसैक्रममा भारतका केही सञ्चारमाध्यमले मोदीले सार्वजनिक गरेको सम्पत्ति विवरणबारे बिहीबार प्राथमिकताका साथ समाचार बनाएका छन् । गत वर्षभन्दा यस वर्ष प्रधानमन्त्री मोदीको सम्पत्तिमा वृद्धि भएको छ । गत वर्ष ३० जुनमा सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार मोदीसँग दुई करोड ४९ लाख भारतीय रुपैयाँ थियो । यसपटक उनको कुल सम्पत्ति दुई करोड ८५ लाख भारतीय रुपैयाँ पुगेको छ । यस अर्थमा उनले एक वर्षमा ३६ लाख भारु जम्मा पारेछन् ।
थाइल्यान्डमा संकटकाल घोषणा, केही प्रभावशाली नेता पक्राउ
थाई नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि भन्दै आन्दोलनरत विद्यार्थी समूहले राजाविरुद्ध नाराबाजी गरेका छन् । राजधानी बैंककमा नै राजाविरोधी नारा लागेपछि सरकारले देशभर संकटकाल घोषणा गरेको हो।