ओली–प्रचण्ड भेट : कर्णाली प्रदेशमा देखिएको समस्या समाधान गर्न छलफल

बुधबार, २८ असोज, २०७७
डिजिटल संस्करण

कर्णाली प्रदेशमा नेकपाको पार्टीपंक्तिभित्र देखा परेको समस्या समाधानका लागि आज पनि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल चलिरहेको छ । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा अहिले छलफल चलिरहेको छ ।

उनीहरूबीच कर्णाली प्रदेशमा नेकपाका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउन आफ्नै दलका सांसदले अघि सारेको प्रस्तावपछि उत्पन्न परिस्थितिलाई ठीक रूपमा समाधान गर्ने विषयमा छलफल केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ । 

यस विषयमा माधवकुमार नेपालनिकट सांसदहरू अविश्वासको प्रस्तावबाट पछि हटेसँगै उक्त प्रस्ताव स्वतः निष्क्रिय हुन पुगेको छ । तथापि यसले कर्णाली प्रदेशमा र केन्द्रमा समेत नेकपाभित्रको राजनीतिमा ठूलो ताप सिर्जना गरेको छ । 

दाहाल पक्ष र नेपाल पक्षबीचको एकतापछि कर्णाली प्रदेशमा ओली पक्ष कमजोर देखिएको छ । 

यस अवस्थालाई समाधान गर्न दुई अध्यक्षले प्रयास गरिरहेको स्रोतको भनाइ छ ।

सुझावित समाचार