नेकपाकी सांसद सानु पहाडीको निधन

बुधबार, २८ असोज, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद सानु शिवा पहाडीको निधन भएको छ । उनकाे बुधबार बिहान साढे १० बजे निधन भएकाे हाे । 

उनी नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य याने कि सांसद थिइन् । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पहाडीको निधनमा दुःख व्यक्त गरेका छन् । 

ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिनिधिसभा सदस्य संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको जनाएका हुन् । 

प्रधानमन्त्रीले निधन भएकी सांसद पहाडीप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेका छन् ।

सुझावित समाचार