महालक्ष्मी विकास बैंकले ब्याजमा छुट दिने

बुधबार, २८ असोज, २०७७
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंक लिमिटेडले असोज मसान्तभित्र तिर्नुपर्ने ब्याज भुक्तानी गरेमा ब्याज रकममा १० प्रतिशत छुट दिने भएको छ । बैंकले कोभिड–१९ का कारणले उत्पन्न असहज परिस्थितिमा ग्राहकलाई राहत पुर्याउने उद्देश्यले छुट योजना ल्याएको हो । 

यसका साथै बैंकले केही कर्जाहरूमा ब्याजदर पनि घटाएको जनाएको छ । बैंकले देशका विभिन्न क्षेत्रमा १ सय २ शाखा तथा ३४ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ । 

सुझावित समाचार