कर्णालीमा नेकपा विवाद : नेम्वाङको एक कल फोनले रोकियो प्रदेशका मन्त्रीहरूको राजीनामा

मंगलबार, २७ असोज, २०७७
डिजिटल संस्करण
कर्णालीमा नेकपा विवाद : नेम्वाङको एक कल फोनले रोकियो प्रदेशका मन्त्रीहरूको राजीनामा

फाइल तस्बिर

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री नन्दसिंह बुढालाई राजीनामा नदिन प्रधानमन्त्री ओलीका तर्फबाट सुवास नेम्वाङले फोन गरेका छन् । 

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दिएका सांसदहरूले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई मन्त्री राजीनामा गरेर दलका सचेतक गुलावजंग शाहले बोलाएको बैठकमा आउन आग्रह गरेका थिए ।

मन्त्री बुढा र रावललाई आज दिउँसो १ बजे बोलाएको बैठकमा उपस्थित हुन हस्ताक्षर पक्षधरले निर्देशन दिएको थियो ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट नेता नेम्वाङले फोन गरेर विवाद थप बढाउने गरी अघि नबढ्न निर्देशन दिएका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए । 

त्यसपछि ती दुई मन्त्रीले राजीनामा दिने मनस्थिति त्यागेको बुझिएको छ । 

नेता नेम्वाङको फोनपछि रोकिएको कर्णालीका दुई मन्त्रीको राजीनामासँगै आज दिउँसो बोलाइएको संसदीय दलको बैठक पनि अन्यालमा परेको छ । 

अविश्वासको प्रस्ताव ल्याउने सबै कर्णाली प्रदेश सभाका सदस्यहरूले अहिले फोन स्विच अफ गरेर बसेका छन् ।

सुझावित समाचार