नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले पार्टीको स्थायी कमिटीले गरेको संघीय र प्रदेश सरकारको हेरफेरको निर्णय कार्यान्वयन नहुँदै प्रदेशका मुख्यमन्त्रीविरुद्ध भएको गतिविधिले अनिष्ट निम्त्याउने चेतावनी दिएका छन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै स्थायी समितिका निर्णय कार्यान्वयन नहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरूले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत भएकाले त्यसतर्फ नेतृत्वको गम्भीर ध्यानाकर्षणसमेत गराएका हुन् ।
उनले लेखेका छन्– ‘नेकपा, स्थायी समितिले विधि र पद्धतिमा जोड दिँदै संघीय र प्रदेश सरकारमा हेरफेर गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन नहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरूले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुन सक्छ । समयमै नेतृत्वको गम्भीर ध्यान जाओस् । देशहित ठूलो हो ।’
नेकपा, स्थायी कमिटीले विधि र पद्धतिमा जोड दिदै संघीय र प्रदेश सरकारमा हेरफेर गर्ने निर्णय गरेको थियो। निर्णय कार्यान्वयन नहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध पार्टीकै सांसदहरूले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुन सक्छ । समयमै नेतृत्वको गम्भीर ध्यान जाओस्। देशहित ठूलो हो ।
— Bhim Rawal, PhD (@BhimRawal179) October 12, 2020