सचिवालयका प्रस्तावित एजेन्डाकेन्द्रित छलफलमा जुटे ओली-प्रचण्ड

शनिबार, २४ असोज, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नियमित छलफल सुरु भएको छ । 

केहीबेर अघि प्रचण्ड छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका छन् । आजको छलफलमा केन्द्रीय सचिवालय बैठकका प्रस्तावित एजेन्डा मन्त्रिमण्डल पुनर्गठन, पार्टीको सांगठनिक एकीकरणका बाँकी काम टुंग्याउने तथा राजनीतिक तथा संवैधानिक नियुक्तिमा केन्द्रित हुने स्रोतले जनाएको छ । 

गत बिहीबार अध्यक्षद्वयबीच पार्टीको सांगठनिक एकीकरणका बाँकी काम टुंग्याउने विषयमा छलफल भएको थियो । 

सचिवालयका प्रस्तावित एजेन्डामाथि सहमति जुटाउन अध्यक्षद्वय  निरन्तर छलफलमा छन् । उनीहरूबीच समझदारी बन्नेबित्तिकै केन्द्रीय सचिवालयकाे बैठक बोलाउने तयारी भइरहेको छ ।  

सुझावित समाचार