सिटिजन्स बैंकको तुलसीपुरमा शाखा

सोमबार, १८ असोज, २०७७
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दाङको तुलसीपुरमा शाखा सञ्चालनमा ल्याएको छ । नेपाली ग्राहकमाझ आफ्नो उपस्थिति बढाउने तथा नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यले बैंकले उक्त शाखा विस्तार गरेको हो ।  

शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न रिटेल बैंकिङ सेवाअन्तर्गत नगद राख्ने–झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टिटीलगायतका सेवाहरू प्रदान गर्ने बैंकले जनाएको छ । यसका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको जनाइएको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवा प्रदान गर्ने बैंकले प्रतिबद्धता जनाएको छ ।

हाल बैंकले घर कर्जा ९.५० प्रतिशत वार्षिक ब्याजदरमा, साना तथा मझौला कर्जा ९.५० प्रतिशत वार्षिक ब्याजदरमा र व्यक्तिगत कर्जा १०.९९ प्रतिशत वार्षिक ब्याजदरमा देशभर रहेका १ सय ११ शाखाबाट प्रदान गरिरहेको बैंकले जनाएको छ । 

सुझावित समाचार