शुक्लागण्डकी नगरपालिकालाई सूर्य नेपालको एम्बुलेन्स

शुक्रबार, १५ असोज, २०७७
डिजिटल संस्करण

सूर्य नेपाल प्रालि सेराटार तनहुँले शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । नगर प्रमुख किसन गुरुङ, उपप्रमुख सविता रसाइलीलगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्की, वाणिज्य प्रमुख गौतम यादव, एचआर म्यानेजर अञ्जन दुवाडी र सुरक्षा विभाग प्रमुख होमनाथ अर्यालको उपस्थितिमा एम्बुलेन्स हस्तान्तरण भएको हो । 

सूर्य नेपाल कम्पनीले खेलकुद, शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारलगायतका क्षेत्रहरूमा सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर सहयोग पु¥याउँदै आइरहेको जनाएको छ । 

सुझावित समाचार