२५ किलो चरेससहित दुई पक्राउ

बिहिबार, १५ असोज, २०७७
डिजिटल संस्करण

बझाङमा २५ किलो चरेससहित दुईजना पक्राउ परेका छन् । 

जिल्लाको वित्थडचिर गाउँपालिका– २ को लिम भन्ने स्थानमा २५ किलोग्राम चरेससहित उनीहरू पक्राउ परेका हुन् । 

बिहीबार बुंगल नगरपालिका– २ का २५ वर्षीय धनबहादुर धामी र सोही ठाउँका वर्ष २८ का धनबहादुर धामी चरेससहित पक्राउ परेका हुन् ।

बिहान अन्दाजी साढे ३ बजेको समयमा चमल्या खोलाबाट लिम बजारतर्फ शंकास्पद अवस्थामा प्लाष्टिकको थैला बोकी पैदल हिँडिआइरहेको अवस्थामा उनीहरूलाई चरेससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खड्काले बताए ।

पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान जारी रहेको उनले जानकारी दिए । 

सुझावित समाचार