डा. केसीलाई जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याइयो (भिडियोसहित)

मंगलबार, ६ असोज, २०७७
डिजिटल संस्करण

नौ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं आएलगत्तै जबर्जस्ती ट्रमा सेन्टर पुर्याइएको छ । 

नेपालगन्जबाट काठमाडौं विमानस्थल उत्रिएका केसीलाई लिन टिचिङ अस्पतालको एम्बुलेन्स पुगेको थियो । तर, प्रहरीले डा. केसीलाई टिचिङ अस्पताल नलगी ट्रमा सेन्टर पुर्याएको हो । 

केसीका सहयोगीले प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर लगेको बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्यापन सुरु गर्नुपर्ने, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, पिसिआर परीक्षणलाई तीव्र पारेर लकडाउन र निषेधाज्ञा खोल्नुपर्ने माग राखेर केसीले २९ भदौदेखि जुम्लामा अनशन सुरु गरेका थिए । 

तर, जुम्लामा अनशनका क्रममा धरपकड र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड हुन सक्ने भन्दै केसी  काठमाडौंतर्फ आएका थिए । उनी सोमबार नेपालगन्जमा थिए । सोमबार नेपालगन्ज–काठमाडौं उडान नभएपछि डा.  केसीलाई भेरी अस्पतालमा राखिएको थियो ।

See More On

सुझावित समाचार