करेन्ट लागेर वडाध्यक्षको मृत्यु

मंगलबार, ६ असोज, २०७७
डिजिटल संस्करण

साेलुखुम्बुकाे माप्य दूधकोसी गाउँपालिका– ५ का वडाध्यक्ष निमराज तामाङको मंगलबार बिहान आफ्नै घरमा करेन्ट लागेर निधन भएको छ । 

करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी दिए ।

प्रहरीका अनुसार आज बिहान साढे आठ बजे रडसहित घरको छतबाट हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर उनी घाइते भएका थिए ।

उनको जिल्ला अस्पताल थाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो । राससका अनुसार स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट उनी निर्वाचित भएका थिए ।
 

See More On

सुझावित समाचार