अनशनरत डा. केसीको समर्थनमा दीप प्रज्वलन

शनिबार, ३ असोज, २०७७
डिजिटल संस्करण

चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका अनशनरत डा. गोविन्द केसीको समर्थनमा जुम्लामा दीप प्रज्वलन गरिएको छ । जुम्ली युवाहरूले डा. केसीको माग सम्बोधन गर्न माग राख्दै सदरमुकाम खलंगामा संविधान दिवसको दिन दीप प्रज्वलन गरेका हुन् । 

डा. केसीका स्थानीय सहयोगी महेन्द्र कार्कीका अनुसार जनमुखी माग राखेर डा. केसी अनशन बसेको छैटौँ दिनसम्म बेवास्ता गरेकोले थप दबाब दिन दीप प्रज्वलन गरिएका हो ।

स्थानीय नागरिक समाजको अगुवाइमा दीप प्रज्वलन गरिएको उनले बताए । डा. केसी चिकित्सा शिक्षा सुधारको माग राखेर २९ भदौदेखि चन्दननाथ नगरपालिका– ६ रानीचौरको बाबिरा मष्टो मन्दिरको धर्मशालामा अनशन बसेका छन् ।

सुझावित समाचार