कोरोना महामारीसँग जुध्नुबाहेक अन्य विकल्प छैन : प्रधानमन्त्री

शनिबार, ३ असोज, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीसँग जुध्नुबाहेक अर्काे विकल्प नभएको बताएका छन् । संविधान दिवस २०७७ का अवसरमा सैनिक मञ्च टुँडिखेलबाट देशवासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

सुरुका दिनमा कोरोना के हो भन्ने  विषयमा अन्योल हुँदा कोरोना महामारीसँग जुध्न समय लागेको प्रधानमन्त्रीले बताए । सरकारले समयमै लकडाउन गरेकाले कोराेना भाइरस भयावह अवस्थामा पुग्न नसकेकाे उनकाे भनाइ छ । 

'सुरुका दिनमा काम गर्न अन्योल भए पनि अहिले अस्पताल, आइसोलेसन बेड र परीक्षणको दायरा बढाइएकाले  हामी कोरोना  जित्न सक्नेमा  ढुक्क छौँ,’ प्रधानमन्त्रीले भने । 

 

सुझावित समाचार