नेपाल आयल निगम लिमिटेडले बुधबार रातिबाट लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । मूल्य घटाएपछि काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल प्रतिलिटर ९० रुपैयाँमा बिक्री–वितरण हुनेछ । पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी)ले गत बिहीबार दिउँसो नयाँ मूल्यसूची पठाएको थियो । सो मूल्यसूची केही घटेर आएकाले नेपाली बजारमा समायोजन गरिएको प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।