सिटिजन्स बैंकद्वारा स्क्यान एन्ड विथड्र सेवा सुरु

बुधबार, ३१ भदौ, २०७७
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकको वित्तीय आवश्यकता सुरक्षित तवरले प्रदान गर्ने उद्देश्यले स्क्यान एन्ड विथड्र सेवा सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरूले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने व्यवस्था बैंकले सुरु गरेको हो । 

हाललाई यो सेवा काठमाडौं उपत्यकाका दरबारमार्ग र कमलादी शाखाबाट उपलब्ध गराएको जनाइएको छ । निकट भविष्यमा नै यस सेवालाई देशभरिका अन्य शाखाबाट समेत प्रदन गर्ने गरी काम भइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए ।

नयाँ प्रविधिलाई आत्मसात् गर्नुका साथसाथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरू प्रदान गर्ने उद्देश्यका साथ यो सेवा प्रयोगमा ल्याएको उनले बताए । 
बैंकले देशैभरि फैलिएका १ सय १० शाखा, ९८ एटिएम र १ सय ४ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।

सुझावित समाचार