डोटीमा जिप दुर्घटना हुँदा १० घाइते

शुक्रबार, २६ भदौ, २०७७
डिजिटल संस्करण

डोटीको पूर्वीचौकी गाउँपालिका- १ शान्तिनगरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । धनगढीबाट अछामका लागि छुटेको से.१ज १०६६ नम्बरको जिप आज बिहान दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए । 

अछामको मल्लेक गाउँपालिकाका स्थानीय चढेको उक्त जिप  बिहान दुर्घटना भएको हो । उनीहरू भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका थिए ।

जिप सडकबाट करिब सय मिटर तल  खसेकाे छ ।घाइतेहरूको उद्धार कार्य जारी छ । उनीहरूलाई जिल्ला अस्पताल डोटीमा ल्याइँदै छ । घाइतेमध्ये दुईकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनाकाे कारण खुलेकाे छैन ।

सुझावित समाचार