खोलाले बगाएर एक वृद्धको मृत्यु

बुधबार, २४ भदौ, २०७७
डिजिटल संस्करण

सर्लाहीको बरहथवामा लखन्देही खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । 

बरहथवा नगरपालिका– १७ स्थित श्रीपुरमा खोला तर्ने क्रममा कविलासी नगरपालिका– ४ हेमपुर बस्ने ७० वर्षीय सियाराम रायलाई लखन्देही खोलाले बगाएको थियो ।

खोलाले बगाएका रायको शव पाँच सय मिटर तल किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

हेमपुरबाट टिकुलियातर्फ जाँदै गरेका रायलाई खोला तर्ने क्रममा खोलाले बगाएको परिवारले जनाएका छन् ।

रायको शव परीक्षणपश्चात्  आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी निरीक्षक राजु कुर्मीले जानकारी दिए । 

सुझावित समाचार