काठमाडौं । सरकारसँगको टकराव र अनेक विवादमा मुछिएपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्की हटेका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाएर डा. मनोजकुमार केसीलाई आइजिपीमा नियुक्त गर्ने निर्णय गरेको हो।
कार्कीले करिब एक वर्ष प्रहरी नेतृत्व सम्हाले । गत वर्ष २७ कात्तिकमा सुशीला कार्की नेतृत्वको सरकारले उनलाई आइजिपीमा नियुक्त गरेको थियो। वर्तमान सरकारसँग उनको सुरुदेखि नै ट्युनिङ मिलेको थिएन ।
वर्तमान कानुनी प्रावधानअनुसार उनले २०८४ को चैतसम्म नेतृत्व सम्हाल्ने अवसर पाउने थिए। सरकारले हटाएपछि अदालत जानेबारे उनी परामर्शमा जुटेका छन्।
नवनियुक्त आइजिपी केसी कार्कीकै ब्याची हुन्। उनले १७ महिना प्रहरी नेतृत्व सम्हाल्नेछन्। आजै कार्यभार सम्हाल्ने उनको तयारी छ।