१० महिनामा भित्रिए १० लाख विदेशी पर्यटक

मंगलबार, १७ कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • अक्टोबरमा मात्रै एक लाख ३२ हजार पर्यटक नेपाल भ्रमणमा
  • अमेरिकाबाट सबैभन्दा बढी, त्यसपछि भारत र चीनका पर्यटक

वर्ष २०२६ को १० महिनामा १० लाख आठ हजार ६१६ पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ९२ हजार ५७३, फेब्रुअरीमा एक लाख पाँच हजार ४४१, मार्चमा एक लाख २० हजार ५१६, अप्रिलमा एक लाख सात हजार ९३४ र मेमा एक लाख दुई लाख ६२६ जना विदेशी पर्यटक आएका छन् । यसैगरी जुनमा ९१ हजार ३६३, जुलाईमा ७६ हजार ३७, अगस्टमा ९१ हजार ५६, सेटेम्बरमा ८८ हजार २५६ पर्यटक आएका छन् ।

अक्टोबरमा यस वर्षकै सबैभन्दा बढी एक लाख ३२ हजार ८१४ जना विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । यसअघि मार्चमा एक लाख २० हजार ५१६ जना पर्यटक आएका थिए ।

अक्टोबरमा अमेरिकाबाट सबैभन्दा धेरै १७ हजार ४३७ पर्यटक आएका छन् । यसअघि भारत तथा चीनबाट धेरै पर्यटक आउने गर्दथे । तर, अक्टोबरमा अमेरिकाबाट आउने पर्यटकको संख्या सबैभन्दा धेरै देखिएको छ । दोस्रो स्थानमा भने भारत रहेको छ । भारतबाट १२ हजार ९७ पर्यटक आएका छन् । यसैगरी चीनबाट ११ हजार ६९५ पर्यटक आएको बोर्डको तथ्यांक छ ।

यसैगरी लन्डनबाट नौ हजार ३८५, अस्ट्रेलियाबाट नौ हजार ३५२, जर्मनीबाट ६ हजार ११४, माल्दिभ्सबाट पाँच हजार ५६०, बंगलादेशबाट चार हजार ८९३, फ्रान्सबाट चार हजार १६४ र म्यानमारबाट तीन हजार २५ पर्यटक आएका छन् । यीबाहेक अन्य थुप्रै मुलुकबाट पनि पर्यटक आएका छन् ।

यस अवधिमा दक्षिणा एसियाबाट दुई लााख ५५ हजार ४३६, अन्य एसियन मुलुकबाट एक लाख ४५ हजार ९६७, युरोपबाट एक लाख १७ हजार ५६१, अस्ट्रेलियाबाट तीन लाख ५०, न्युजिल्यान्डबाट दुई हजार ८२७, अमेरिकी मुलुकबाट ६९ हजार ३४४, मध्य–पूर्वबाट १० हजार ५६९, अफ्रकी मुलुकबाट दुई हजार ४१६ तथा अन्य मुलुकबाट ३२ हजार ८७६ जना पर्यटक आएका छन् ।

सुझावित समाचार