प्रहरी प्रधान कार्यालयमा पाँच घण्टा लामो उच्चस्तरीय बैठक

बिहिबार, १२ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ प्रहरी प्रधान कार्यालयमा समसामयिक विषयमा पाँच घण्टा लामो छलफल भएको छ । एसएसपीसम्मका अधिकृतलाई बोलाएर प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विस्तृत छलफल गरेका हुन्। 

नीति समन्वय बैठकमा शान्तिसुरक्षामा तथा प्रहरी संगठनसम्बन्धी विषयमा छलफल भएको एक उच्च प्रहरी अधिकारीले बताए । बैठकमा सातै प्रदेशका डिआइजीलाई समेत डाकिएको थियो । 

‘बैठकमा तिहारपछि हुने भनिएको आन्दोलन र शान्तिसुरक्षाको विषयमा छलफल भयो,’ एक अधिकारीले भने, ‘साथै पछिल्लो समय संगठनलाई कमजोर बनाउने गतिविधि बढेको र त्यसमा कसरी अघि बढ्ने भनेर आइजिपीसाबले सुझाव माग्नुभयो ।’ प्रहरी महानिरीक्षक कार्कीले पछिल्लो समय सरकारबाट सहयोग पाएका छैनन् । नियमित हुनुपर्ने सरुवा समेत रोकिएका छन् । केही प्रहरी अधिकारी नै नेतृत्वविरुद्ध लागेको विषय पनि बैठकमा उठेको थियो । साढे दुई बजे सुरु भएको सो बैठक साढे सात बजे सकिएको थियो । 

उता प्रहरी महानिरीक्षकलाई राजीनामा दबाब परेको समाचारको प्रहरी प्रधान कार्यालयले खण्डन गरेको छ । बिहीबार साँझ विज्ञप्ति प्रकाशन गरी यससम्बन्धी विषय भ्रामक भएको उल्लेख गरेको छ । nullnull
 

सुझावित समाचार