गुल्मी स्कर्पियो दुर्घटना : मृतकको संख्या ६ पुग्यो

सोमबार, ९ कार्तिक, २०८३
डिजिटल संस्करण

गुल्मी । कालीगण्डकी गाउँपालिका–२, अर्बेनीस्थित दभौखानीमा कालीगण्डकी करिडोरमा स्कर्पियो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। दुर्घटनामा घाइते भएकामध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दिउँसो करिब ४ बजे दभौखानिबाट राक्से हुँदै वालिङ जाँदै गरेको गण्डकी प्रदेशको बिएए ०२२० नम्बरको स्कार्पियो कच्चि सडकबाट करिब २५० मिटर तल खसेको थियो। दुर्घटनामा तीनजना घाइते भएका छन्।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी पुर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको कमान्डमा ६ जना, इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमान्डमा ५ जना तथा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माको कमान्डमा १० जनाको टोली उद्धारका लागि घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार दुर्घटनामा चालकसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो। घाइते चारजनालाई उद्धार गरी उपचारका लागि पठाइएकोमा वालिङ–२ की निता बगालेको उपचारका क्रममा मृत्यु भएको हो।

यसैगरी, चालक स्याङ्जाको वालिङ–२ का ६७ वर्षीय दिलीप कुमार बगाले,  वालिङ –१० का ६० वर्षीय शिव पराजुली, कालीगण्डकी गाउँपालिका घर भई वालिङ बस्ने ५०–५५ वर्षका लोकनाथ पाण्डे, कालीगण्डकी– १ सिरकोट घर भई बुटवल बस्ने सीता पाण्डे र कुलानन्द पाण्डेको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सुझावित समाचार