काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले दुईमहिने राष्ट्रिय जागरण अभियानको उद्घाटन तथा पत्रकार सम्मेलन आज आयोजना गर्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २:३० बजे हुने कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टी केन्द्रीय कार्यालयले जारी गरेको निमन्त्रणामार्फत उक्त कार्यक्रममा उपस्थितिका लागि सञ्चारकर्मी तथा सरोकारवालालाई आग्रह गरिएको छ।
पार्टीले सञ्चालन गर्न लागेको दुईमहिने राष्ट्रिय जागरण अभियानको उद्देश्य, कार्ययोजना र आगामी गतिविधिबारे भने निमन्त्रणामा विस्तृतमा खुलाइएको छैन।