काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापाले ६ हजार ५८४ मत प्राप्त गरे। उनले कुल मतको ९४.६ प्रतिशत मत प्राप्त गर्दा खड्गीले ३७५ मत अर्थात् ५.४ प्रतिशत मात्र मत पाए।
महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन्द्रीय सदस्य, सहमहामन्त्री तथा विभिन्न समूहबाट निर्वाचित केन्द्रीय सदस्यहरू छन्।
मतपरिणामअनुसार दोस्रो स्थानमा ललितपुर महानगरपालिकाका मेयरसमेत रहेका खुला केन्द्रीय सदस्य चिरिबाबु महर्जन छन्। उनले पाँच हजार ३३० मत अर्थात् ७७.५ प्रतिशत मत प्राप्त गरे।
यस्तो छ शीर्ष १० को सूची
१. गगनकुमार थापा (सभापति) : ६,५८४ मत (९४.६ प्रतिशत)
२. चिरिबाबु महर्जन (खुला केन्द्रीय सदस्य) : ५,३३० मत (७७.५ प्रतिशत)
३. बासना थापा (महिला खुला केन्द्रीय सदस्य) : ५,१९३ मत (७४ प्रतिशत)
४. हरिप्रभा खड्गी (महिला केन्द्रीय सदस्य, बागमती) : ५,१२६ मत (७३.८ प्रतिशत)
५. प्रतिमा गौतम (महिला सहमहामन्त्री) : ५,११६ मत (७२.९ प्रतिशत)
६. निस्कल राई (खुला केन्द्रीय सदस्य) : ४,९५६ मत (७२ प्रतिशत)
७. प्रकाश रसाइली ‘स्नेही’ (दलित सहमहामन्त्री) : ४,८०३ मत (६९.२ प्रतिशत)
८. तीर्थ लामा (जनजाति केन्द्रीय सदस्य) : ४,८५३ मत (६९.१ प्रतिशत)
९.इन्द्रबहादुर बानियाँ (खुला केन्द्रीय सदस्य) : ४,७३२ मत (६८.८ प्रतिशत)
१०. ई. सुवास पौडेल (युवा केन्द्रीय सदस्य, गण्डकी) : ४,५४९ मत (६५.८ प्रतिशत)