काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले शपथग्रहण गरेका छन्। १५औँ महाधिवेशनबाट सर्वाधिक लोकप्रिय मतसहित सभापति निर्वाचित थापाले शनिबार सानेपामा पद तथा गोपनीयताको शपथ लिएका हुन्।
थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा विजयी हुँदा अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका थिए। कुल खसेको मतका आधारमा थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरे।